arrow

इरानीविरुद्ध इजरायली सेनाद्धारा सिरियामा आक्रमण 

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
attack-syria.jpg

काठमाडौं । इजरायली सेनाले इरानीविरुद्ध आक्रमण थालेको छ । सिरियामा रहेका इरानीविरुद्ध इजरायली सेनाले कारवाही अभियान सुरु गरेको बताएको हो । 

आफूहरुले क्वाडस फोर्स, इरानियन रिभोलुसनरी फोर्सको इलाइट युनिटविरुद्ध कारवाही अभियान सुरु गरेको इजरायलको डिफेन्स फोर्स आइडिएफले बताएको छ ।

सिरियाको राजधानी दमास्कस वरपर आक्रमणको आवाज सुनिएको छ । 

सिरियाली हवाई सेनाले जवाफी कारवाही पनि गरेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स एसओएचआरका अनुसार इजरायली रकेटले दमास्कस आसपासका क्षेत्रमा आक्रमण गरिरहेका छन् ।

अहिलेसम्म हताहतीको खवर आइनसकेको बीबीसीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ