arrow

चिनियाँ टेलिभिजन विक्री दरमा कमी

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ ७ सोमबार
china-telivision.jpg

वेइजिङ, चीन। प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ।

तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको बिक्रीमा सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतको गिरावट आएको छ। उक्त संस्थाले टेलिभिजनविक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ। सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजनउत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ।

चिनियाँ भिडियो उद्योग संगठनका उप–महासचिव पेङ जियानफेङले भन्नुभयो, “घरेलु प्रयोजनका लागि गत बर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए। यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब पाँच प्रतिशतको वृद्धि हो।” यसैबीच सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो।

चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यि सामानको उपयोगमा वृद्धि गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ