arrow

कर्मचारी कुट्ने सरकार मधेश विरोधी : महेन्द्र यादव

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ ७ सोमबार
mahendra-yadhav.JPG

जनकपुरधाम ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाइ मन्त्री  महेन्द्र यादवले कर्मचारी कुट्ने सरकार मधेश विरोधी रहेको बताएका छन् । प्रदेश नम्बर दुईका अर्थमन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको प्रसंग कोट्याउँदै नेता यादवले यस्तो बताएका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउपालिका वडा नम्बर ३ स्थित  बनिगामा टोलको  दिवश दीप दलित प्राथमिक विद्यालयमा आइतबार कम्बल वितरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री  यादवले भने   'कर्मचारी कुट्ने सरकार मधेश विरोधी हो । यस्तो सरकार मधेशी जनतालाई चाहिदैन ।'

‘लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउने अधिकार हुन्छ,’ नेता यादवले भने,‘ प्रदेश नम्बर दुईका अर्थमन्त्रीज्यूले आफ्नो कुरा भनेकै कारण सचिवलाई कुटपिट गर्नु भएको हो । जर्बजस्ती लाद्न खोज्ने सरकार लोकतन्त्रमा किन चाहियो’

मन्त्रीले सचिवलाई कुटपिट गरेर कानुनी राज्यको धज्जी उडाउने काम गरेको भन्दै नेता यादवले नैतिकताको आधारमा पनि उनले पदबाट राजीनामा दिनुपर्ने बताएका छन ।

‘गणतन्त्रमा जनताको शासन हुन्छ, जनतामात्र होइन कर्मचारीलाई पनि कुटपिट गर्ने छुट कसैलाई छैन,’उनले भने,‘कर्मचारी कुट्ने अधिकार मन्त्रीलाई कसले दियो।

आफ्नै मन्त्रीले एक कर्मचारीलाई कुटपिट गरेपनि मुख्यमन्त्रीले हालसम्म केहि गर्न नसकेर निरिहिता प्रदर्शन गरेको नेता यादव आरोप थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ