'खान' सँग काम गर्न चाहन्न भन्ने कङ्गनाको सलमान मोह
प्रकाशित २०७५ माघ ७ सोमबार
868
Shares
काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावत सधैं आफ्नो स्पष्ट जवाफ र नारीवादी विचारका लागि परिचित छिन् । कङ्गना प्रायः त्यस्ता चलचित्रहरू मन पराउँछिन् जसमा उनको भूमिका महत्त्वपूर्ण हुन्छ। उनि कुनै पनि 'हीरोज्म' जस्ता चलित्रबाट जोगिदै आएकी छन् ।
कङ्गना कुनै पनि खानसँग काम गर्ने नचाहने बताउदै आएकी छन् । सो बिषयलाई उनलेआफ्नो भूमिकामा सम्झौता गर्न चाहँनन् भन्ने गरेकी छन् । कङ्गनाले सैफ अली खानसँग मात्र चलचित्र 'रंगून'मा काम गरेकि थिइन् । कङ्गनाले सो चलचित्रमा दमदार भुमिकाको कारण अभिनय गरेको बताउदै आएकी छन् ।
कङ्गनाको चलचित्र 'मणिकर्णिका द क्वीन अफ झांसी' रिलिज हुदैछ । चलचित्रको प्रमोशनको लागि कङ्गना जुटेकी छन् । यसै क्रममा कङ्गनालाई सलमान खानसँग काम गर्न चाहनुहुन्छ भन्ने प्रश्न गरिएको थियो सो प्रश्नको उत्तरमा कङ्गनाले सलमानसँग कुनै समस्या नभएको बताएकी छन् । उनले भनिन्, 'मेरो सलमानसँग राम्रो मित्रता छ । मलाई सलमानसँग काम गर्नुमा कुनै समस्या छैन। यदि मलाई सलमानसँग काम गर्न मौका मिल्यो भने म निश्चित काम गर्न चाहन्छु।'
सलमान खानको चलचित्र 'सुल्तान' मा अनुष्का भन्दा पहिले कङ्गनालाई अफर गरिएको थियो । तर कङ्गनाले सो चलचित्रमा अभिनय गर्न अस्विकार गरिन् । उनले सुल्तानमा उनको भुमिका मुख्य नभएको र चलचित्रको पुरै फोकस हीरोमा रहेको बताएकि थिइन् । सो कारण कङ्गनाले सलमानसँग अभिनय गर्न मानिन् ।