arrow

पौष पूर्णिमाको सगुन : भारतमा अब साधुहरुलाई नियमित पेन्सन

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
Naga_baba.JPG

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार ऐतिहासिक घोषणा गरेका छन् । उनले भारतभित्र रहेका साधुहरुलाई पेन्सन दिने निर्णण् गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले भनेका छन् कि प्रदेश सरकारले निर्णय गरेको छ कि हरेक निराश्रित महिलालाई, हरेक दिव्याङ्गलाई समेत पेन्सन दिइन्छ । 

उनले बृद्धा पेन्शन, निराश्रित महिला तथा दिव्याङ्ग पेन्सनलाई हामी शत(प्रतिशत समेट्ने तयारी गरिरहेका छौं । आजदेखि लिएर ३० जनवरीसम्म पूरै प्रदेशमा हामी विशेष क्याम्प आयोजित गरिन्छ। हाम्रो प्रयास यो हो कि कोही पनि निराश्रित मानिस छुट्ने छैनन् । किनकी समय समयमा न्यायालय समेत यस बारेमा सरकारको ध्यान आकर्षित गरिरहेको छ । निराश्रितका लागि केही गर्नै पर्छ भनेर नै यस्तो योजना ल्याईएको हो । यसकारण हाम्रो सरकारले फैसला गरेको छ कि सबै निराश्रितलाई विना कुनै भेदभाव पेन्सन दिइन्छ । 

साथमा उनले भने कि लाखको संख्यामा श्रद्धालु जन प्रयागराजको धरतीमा पवित्र गंगा, यमुना, सरस्वतीको त्रिवेणीमा स्नान गरेर पुण्य अर्जित गरिरहेका छन् । यस अवसरमा  सबै श्रद्धालुहरुप्रति सबै पुज्य सन्तहरुप्रति आफ्नो शुभकामना दिन चाहन्छु । पौष पूर्णिमाको बधाई दिँदै उनले कुम्भको यो पर्व देश तथा दुनियाँ, व्यापार सम्भावना रहेको देशलाई एक नयाँ दिशा दिन जाँदैछौं।

उनले भने, 'आदरणीय प्रधानमन्त्रीको प्रेरणाबाट कुम्भको आयोजना केही महिनादेखि नै विशेष बन्दै आइरहेको छ । अक्षय वटको दर्शन गर्ने सौभाग्य, सरस्वतीको भव्य प्रतिमा तथा माता सरस्वतीको दर्शन गर्ने सौभाग्य समेत प्राप्त हुँदैछ । कुम्भको यस आयोजनका लागि सबै श्रद्धालुहरु तथा देश तथा दुनियाँका अतिथिहरुलाई स्वागत गर्दछु। अभिनन्दन गर्दछु। तथा विश्वास व्यक्त गर्दछु ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ