arrow

एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
airbus-building.jpg

पेरिस। बिमान खरिदबिक्री गर्ने एसएमबीसी एभिएसन क्यापिटलले फ्रान्सस्थित एयरबस कम्पनीसँग ए३२०नियो सिरिजका ६५ वटा बिमान खरिद गर्न लागेको एयरबस कम्पनीले जनाएको छ। उक्त बिमानको मूल्य ७ अर्ब ४७ करोड डलर रहेको छ।

डब्लिनस्थित उक्त एसएमबीएस कम्पनीले गतवर्ष ७१ थान एयरबस खरिद गरेको थियो। ठूलो संख्यामा बिमान खरिद गर्न लागेकाले बिक्री मूल्यमा कमी आउने कम्पनीले जनाएको छ।

विश्वकै ठूलो बिमान खरिदबिक्री र लिजमा बिमान दिने एसएमबीसी कम्पनी जापानी कम्पनीहरुको साझेदारीमा स्थापना भएको हो। गत जनवरी ३ मा एयरबस कम्पनीले अमेरिकी एयरलाइन्स जेटब्लूलाई ११ अर्ब अमेरिकी डलरमा १२० थान ए२२०–३०० सिरिजका बिमानहरु बिक्री गर्न लागेको जनाएको थियो।

विश्वका दुई ठूला बिमान कम्पनीहरु एयरबस र बोइङबीच विश्व बजारमा आधिपत्य रहँदै आएको छ। सन् २०१८ मा एयरबसले ८०० वटा व्यावसायिक बिमान बिक्री गरेको थियो भने बोइङले ८०६ वटा बिमान बिक्री गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ