arrow

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ ७ सोमबार
china-launch-multispectral-satellites.jpg

जिक्वान। चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ। उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो।

केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ। उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो। उक्त भूउपग्रहको माध्यमबाट रिमोट सेन्सिङ तथ्याङ्क प्राप्त गर्नुका साथै वन, सिपिङ, स्रोत तथा वातावरण अनुगमनका लागि पनि प्रयोग हुनेछ। यो भूउपग्रह चीनले यसअघि प्रक्षेपण गरिएका १० वटा जिलिन–१ भूउपग्रहकै एक भाग हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ