arrow

कञ्चनपुर उद्योग बाणिज्य संघको अध्यक्षमा मल्ल

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ माघ ७ सोमबार
malla2.jpg

कञ्चनपुर । कञ्चनपुर उद्योग बाणिज्य संघको १६ औं कार्यकारी समितिको अध्यक्षमा जंगबहादुर मल्ल निर्वा्चित भएका छन् । १६ औं कार्यकारी समितिको लागि गत शनिबार भएको निर्वाचनबाट प्रतिस्पर्धी सन्जीब चन्द्र भट्टलाई पराजित गर्दै मल्ल विजयी भएको मुख्य निर्वाचन आयुक्त पूर्णबहादुर चन्दले बताए ।

मल्लले १ हजार ६ सय ५८ मत पाउँदा भट्टले १ हजार ३ सय ८१ मत पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सन्जीब चन्द्र भट्ट प्यानलका पिताम्बर जोशी विजयी भएका छन् । उनले १ हजार ७ सय ३८ मत पाउँदा प्रतिस्पर्धी माधव प्रसाद जोशीले १ हजार २ सय ५० मत पाएका छन् ।

त्यस्तै महासचिवमा  बाशुदेव जोशी निर्वा्चित भएका छन् । उनले १ हजार ५ सय ९ मत पाउँदा प्रतिस्पर्धी खगेश्वर प्रसाद वोहराले १ हजार ४ सय ४७ मत पाएका छन् ।

बाणिज्य उपाध्यक्षमा १ हजार १ सय ६० मतसहित मदन राज पन्त विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुरेश गुरुङले ७ सय ७७ मत पाए । उद्योग उपाध्यक्षमा ५ सय २७ मत सहित हेमराज जोशी निर्वा्चित भए । उनका प्रतिस्पर्धी तेज सिंह कार्कीले ५ सय २ मत पाए ।

सचिवमा गणेशराज चटौत १ हजार ५ सय २ मतसहित निर्वा्चित भएका छन् । भने कोषाध्यक्षमा १ हजार ५ सय ८२ मतसहित निर्मला सापकोटा निर्वा्चित भएकी छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण देब भट्ट (१४६३), कष्शानन्द भट्ट (१५२३), यज्ञ राज भट्ट १७८२), धिरज बहादुर चन्द (१५५५), चेत राज जोशी (१५४३), विवेक राज जोशी (१५७१) र महेशराज जोशी (१३१९) निर्वा्चित भएका छन् ।

कुल चार हजार ६६ मतदातामध्ये तीन हजार ८५ मत खसेको थियो । खसेका मतमध्ये ३७ मत बदर भएकाे थियाे ।

अध्यक्ष मल्लले  उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने आफ्नो पहिलो प्रयास हुने उनको भनाई छ । विजयी गराउनु हुने सबै मतदातालाई मल्लले धन्यवाद समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ