arrow

रोनाल्डोद्धारा पेनाल्टी मिस, यस्तो भयो नतिजा 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
ronaldo37.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेका छन् ।

लिग लिडर युभेन्टसले चिभोलाई सोमबार राति घरेलु मैदानमा ३–० ले पराजित गरे पनि रोनाल्डोले पेनाल्टी मिस गरेका हुन् । 

Juve's No 7 was unable to convert in the second half of their 3-0 Serie A victory on Monday

गोलकिपर स्टेफानो सोरेन्टिनोले रोनाल्डोको प्रहारलाई बचाएका हुन् । 

तर डगलस कोष्टा र इम्रे केनले सिजनको पहिलो गोल गरे । त्यस्तै ड्यानियल रुगनीले एक गोल थपे । 

Douglas Costa (above), Emre Can and Daniele Rugani scored their first goals of the season

खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५ औं मिनेटमा केनको गोलसँगै युभेन्टसले दोब्बर अग्रता बनाएको थियो ।

Former Liverpool midfielder Emre Can added a second goal for the visitors before the break

८४ औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

Juventus scored a third goal with a simple far post header from defender Daniele Rugani

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको नेपोलीको २० खेलबाट ४७ अंक रहेको छ ।

तेस्रो स्थानको इन्टरमिलानको ४० अंक छ भने चौथो स्थानको एसी मिलानको ३४ अंक छ । सोमबार राति एसी मिलानले गियोनालाई उसकै मैदानमा २–० ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ