arrow

सीबीआईमा भुइँचालो, २० अधिकृतको सरुवा

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
cbi-m-nageshwor.jpeg

काठमाडौं । भारतमा सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेशन सीबीआई (केन्द्रीय अनुसन्धान ब्यूरो) मा सरुवा आतंक मच्चिएको छ । 

अन्तरिम निर्देशक नागेश्वर रावले २० अधिकृतको सरुवा गरेका छन् । जसमा टुजी घोटालाको जाँच गरिरहेका विवेक प्रियदर्शी पनि सामेल रहेका छन् । 

उनलाई चन्डिगढ खटाइएको छ । उनीहरुलाई दिइएको आदेशमा संवैधानिक अदालतको आदेशानुसार कुनै पनि मामलामा जाँच तथा निगरानी गरिरहेका अधिकारीलाई आफ्नो पदमा रहिरहन भनिएको छ ।

आदेशानुसार तमिलनाडुमा स्टरलाइट विरोधी प्रदर्शनमा गोलीबारी मामलाको अनुसन्धान गरिरहेका ए सरवनलाई मुम्बई बैंकिंग, प्रतिभूतिा तथा फर्जिवाडा जाँच शाखामा खटाइएको छ । 

नागेश्वर रावलाई अन्तरिम प्रमुख बनाइएकोमा चर्को विरोध भइरहेको छ । उनको विरुद्धमा एनजीओ कमन क्लोज तथा आरटीआईकी कार्यकर्ता अञ्जली भारद्धाजले सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । यो मामलामा बिहीबार सुनुवाई हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ