arrow

क्रिकेटको अर्को नाम कोहली, आइसीसी अवार्डमा ‘क्लिन स्विप’

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
Virat_Kohli.jpg.jpeg

काठमाडौं । बिराट कोहली, अन्तराष्ट्रिय क्रिकेटमा एक अब्बल नाम हो । उनको लगातारको स्तरीय प्रदर्शन र उनको प्रदर्शनका कारणले भारतीय टोलीले पाईरहेको सफलताको कथा दन्त्य कथा जस्तो लाग्छ । पछिल्लो बर्षमा कोहलीको प्रदर्शनलाई हेर्ने हो भने क्रिकेटको अर्को नाम बिराट कोहली भन्दा कुनै आपत्ती हुँदैन।

भारतीय पुरुष क्रिकेट टोलीका कप्तान कोहलीले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दिने प्रमुख तीन अवार्ड हात पारेका छन्। उनले आईसीसी क्रिकेटर अफ द इयर, द आईसीसी मेन्स टेष्ट प्लेयर अफ द इयर र द आईसीसी एक दिवसीय प्लेयर अफ द इयरको उपाधि जितेका छन् ।

त्यसैगरि कोहलीले क्याप्टेन अफ आईसीसी टेष्ट टिम अफ द इयर र क्याप्टेन अफ आईसीसी मेन्स वनडे टिम अफ द इयरको अवार्ड पनि जितेका छन् ।

उनले सन् २०१८को कुल १३ टेष्टमा ५५.०८को औषतले पाँच शतक सहित १ हजार तीन सय २२ रन बनाएका थिए। त्यसैगरि एकदिवसीय अन्तराष्ट्रियको १४ खेलमा १३३.५५को औषतले ६ शतक सहित १ हजार २ सय २ रन बनाएका थिए।

गत बर्ष पनि क्रिकेटर अफ द ईयर र वनडे क्रिकेटर अफ द ईयर घोषित भएका कोहलीले २६ एकदिवसीयमा १ हजार ४ सय ६० र १० टेष्टमा १ हजार ५९ रन बनाएका थिए।

अष्ट्रेलिया बिरुद्ध ७१ बर्षमा पहिलो पटक कोहलीको कप्तानीमा भारतले उसकै माटोमा टेष्ट श्रृखंला जितेको हो। कोहली दक्षिण अफ्रिका, ई,ल्याण्ड र अष्ट्रेलियामा टेष्ट क्रिकेट जित्ने पहिलो एसियाली क्रिकेटर हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ