arrow

खेलाडी सवार विमान बेपत्ता, यस्तो थियो अन्तिम बोली

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
sala.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब कार्डिफ सिटीमा अनुबन्धित भएका एमिलियानो साला चढेको विमान बेपत्ता भएको छ । उनी चढेको सानो आकारको विमान च्यानल आइल्याण्डमाथि पुगेका बेला बेपत्ता भएको हो ।

Emiliano Sala sent a haunting text message to a friend minutes before his plane was lost

२८ वर्षका सालासहित दुईजना रहेको पिपर मालिबु मंगलबार दिउँसो बेपत्ता भएको हो । उनी फ्रेन्च लिग वान क्लब नान्टेसबाट कार्डिफ सिटीमा अनुबन्धित भएका थिए । कार्डिफले सालालाई गएको शनिबार क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो ।

विमान बेपत्ता हुनुअघि सालाले ह्वाट्सएपबाट आफूलाई निकै डर लागिरहेको र यो खस्ने अवस्थामा रहेको भनी अडियो सन्देश पठाएका थिए ।

The club's supporters were in floods of tears as they paid tribute to the missing Sala

विमानलाई कतै पत्ता लगाउन नसकिएको भन्दै मंगलबार राति खोजी रोकिएको प्रहरीले जनाएको छ । बुधबार फेरि खोजी जारी राखिने प्रहरीले जनाएको छ । 

उनीहरु जीवित रहने सम्भावना निकै कम रहेको छ । मंगलबार राति सालाका सयौँ शुभचिन्तक नाटेसमा भेला भएर प्रार्थना गरेका थिए । 

Nantes fans gather to lay flowers for Sala who is missing after a plane he was on disappeared



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ