arrow

न्यूजिल्याण्डको कमजोर ब्याटिङ, शमीले राखे रेकर्ड

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
mohammad-shami.jpg

काठमाडौं । भारत विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले कमजोर ब्याटिङ गरेको छ । नापियरमा भइरहेको खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै १५७ रन मात्रै बनायो । 

टॉस के दौरान न्यूजीलैंड केन विलियम्सन और विराट कोहली।

३८ ओभर मात्र मैदानमा टिक्न सकेको न्यूजिल्याण्डका कप्तान केन विलियमसनले ८१ बलमा ६४ रन बनाए । 

६ खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । 

मोहम्मद शामीले ६ ओभरमा २ मेडेन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । शमीले सबैभन्दा कम खेलमै १०० विकेट लिने भारतीय बलर बनेको रेकर्ड राखेका छन् । 

शमीले ५६ खेलमा १०० विकेट लिएका हुन् । इरफान खानले यसअघि ५९ खेलमा १०० विकेट लिएका थिए । à¤šà¤¹à¤² ने रॉस टेलर का कैच अपनी ही गेंद पर लिया।

कुलदीप यादवले ३९ रन दिएर ४ विकेट लिए । युझवेन्द्र चहलले २ विकेट लिए । 

भारतले यो खेलसंगै १६०० अन्तर्राष्ट्रिय खेल खेल्ने तेस्रो राष्ट्रको रेकर्ड राखेको छ । भारतले सन् १९३२ मा पहिलो एक दिवसीय खेलेको थियो । 

चहल ने टेलर के बाद लाथम को भी आउट किया।

भारतले ५३३ टेष्ट, ९५६ एक दिवसीय र ११० टी–२० खेलेको छ । 

सबैभन्दा बढी अष्ट्रेलियाले १८५४ र इंगल्याण्डले १८३३ खेल खेलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ