‘चिनियाँ स्प्रिङ फेस्टिभल’ : चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा

सिन्ह्वा, प्रकाशित मिति : २०७५ माघ ९ बुधबार

क्वानझाओ, चीन। चिनियाँ पर्व, ‘स्प्रिङ फेस्टिभल’ को चहलपहल शुरू हुँदैगर्दा चीनको प्रसिद्ध विमान कम्पनी ‘चाइना साउदर्न एअरलाइन’ ले सोमबार एकै दिनमा तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको छ। वसन्त ऋतुलाई स्वागत गर्ने पर्व, ‘स्प्रिङ फेस्टिभल’ लाई उल्लासमय पार्न विदेशमा रहेका तथा स्वदेमा रहने अधिकांश चिनियाँ घर फर्कने गर्छन्। चाइना साउदर्नले सोमबार एक हजार आठ सय उडान भरेको र यसबाट तीन लाख नागरिकलाई सेवा दिएको कम्पनीले बताएको हो।

क्वानझाओमा मुख्य कार्यालय रहेको उक्त विमानकम्पनीले आफ्ना ८४० विमानमार्फत विश्वकै तेस्रो र एसियाकै सवैभन्दा धेरै उडान भर्ने गर्छ।

विमान कम्पनीले यात्रुहरूको यात्रा अनुभव तथा विमान कम्पनीको दक्षतालाई समयसापेक्ष बनाउन विभिन्न डिजिटल प्रविधिको प्रयोग गर्ने गरेको साथै यसले चीनको फैलँदो नागरिक उडड्यन सेवाको मागलाई समयसापेक्ष सम्बोधन गरेको कम्पनीको दावी छ।

चाड अवधिभर अर्थात जनवरी २१ देखि मार्च १ सम्म विमानमार्फत सात करोड ३० लाख चिनियाँहरूले यात्रा गर्ने अनुमान गरिएको चीनको नागरिक उड्ययन प्रशासनले बताएको छ। यो गत बर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो।

नयाँ