arrow

प्राधिकरणले सुरु गर्यो फ्रेक्वीन्सीको लिलामी प्रक्रिया

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
nta.jpg

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मुद्दाका कारण रोकिएको फ्रेक्वीन्सी लीलामी प्रक्रिया फेरि सुरु गरेको छ । अदालतको अन्तरिम आदेशका कारण गत पौष ४ गते सुरु गरेको लिलाम प्रक्रिया रोकिएको थियो । पहिलेको अन्तरकालीन आदेश खारेज भएपछि बुधबार प्राधिकरणले सूचना जारी गर्दै लिलाम प्रक्रिया अघि बढाएको हो । 

पौष ४ गते सुरु भएको लिलामी प्रक्रियाबारे सिजी टेलिकमले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीको इजलासले तत्काल लिलाम प्रक्रिया रोकिने गरी आदेश दिएको थियो । माघ ३ गते बिहीबार  प्रधानन्यायधीस चोलेन्द्र शम्शेर जबरा र न्यायाधीस ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यस अघि न्यायाधीस दीपकराज जोशीको एकल इजलासले दिएको अन्तरिम आदेश बदर गरेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निवेदनमाथि सर्वोच्चका प्रधानन्यायाधीश जबरा र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले माघ एक गते दुबै पक्षलाई छलफलको लागि बोलाउने फैसला गरेको थियो । 

अदालतको बिहीबारको आदेशपछि यस अघिको अन्तरिम आदेशले रोकेको फ्रिक्वीन्सी लिलामी प्रक्रिया अघि बढाउन प्राधिकरणलाई बाटो खुलेको थियो । लाईसेन्स प्राप्त नगरिसकेकोले सिजीले भने यो आदेशसँगै फ्रिक्वीन्सी लिलामी प्रक्रियामा भाग लिन नपाउने भएको छ ।  

विहीबारको इजलासमा प्राधिकरणको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सतीश खरेल, तुलसी भट्ट, पदम गिरी र अधिवक्ता रेवतीराम पन्त लगायतले बहस गरेका थिए भने सिजी टेलिकमको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, महादेव यादव लगायतले बहस गरेका थिए । यो अन्तरिम आदेशको खारेजीसँगै सिजीको मोवाईल सेवा सञ्चालन गर्ने अनुमतीका लागि थप समय लाग्ने बताईएको छ । सर्वोच्च अदालतका न्यायधीश दिपकराज जोशीको एकल इजालासले गत पौष १३ गते सिजी टेलिकमलाई मोवाइल सेवा सञ्चालनको बाटो खोलिदिएको थियो । सिजी टेलिकमले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति माग गर्दै आएको भए पनि त्यसका लागि न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै प्राधिकरणले मोबाइल सेवा सञ्चालनको अनुमति दिएको छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ