arrow

प्रियंकाको सक्रिय राजनीतिमा 'इन्ट्री', विश्लेषक भन्छन् 'उनको केही प्रभाव छैन' 

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
Sonia_prianka_rahul.jpg

काठमाडौं । लोकसभा चुनावभन्दा पहिले भारतीय काँग्रेस अध्यक्ष राहुल गान्धीकी दिदी प्रियंका गान्धीलाई भारतीय काँग्रेसले उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ । बुधबार महासचिवको जिम्मेवारी दिएको काँग्रेसले गान्धीलाई पूर्व उत्तर प्रदेशको चुनावी कमाण्डको जिम्मेवारी समेत दिएको छ ।  प्रियंकालाई राजनीतिमा उतारिएको बारे कांग्रेस अध्यक्ष राहुल गान्धीले भने कि, 'हामी ब्याकफुटमाथि नभई फ्रन्टफुटबाट अब खेलिन्छ । साथमा यूपीमा कांग्रेसको विचारधारालाई उजागर गर्नको लागि भरपुर कोशिस गर्नेछिन् ।'

राहुल गान्धी आफ्नो संसदीय क्षेत्र अमेठीमा दुई दिनको यात्रामा छन् । अमेठी पुगेपछि उनले यस्तो दाबी गरेका हुन् । पत्रकारसँगको भेटघाटको क्रममा राहुलले एसपी(बीएसपीका साथ बताएका छन् कि 'हाम्रो मायावती तथा अखिलेशसँग आफ्नो कुनै दुश्मनी छैन ।'

लामो समयपछि गान्धी परिवारको तेस्रो पिँडीका सदस्य प्रियंका गान्धीले राजनीतिमा प्रवेश गरेलगत्तै उत्तर प्रदेशको महासचिवको जिम्मेवारी र पूर्वी युपीको चुनावी प्रचारको जिम्मेवारी समेत पाएपछि सत्तारुढ दल भारतीय जनता पार्टी भने थप दबाबमा परेको विश्ेलेषण गरिएको छ । 

बनारस हिन्दू विश्‍वविद्यालयमा राजनीति शास्‍त्रका प्रोफेसर कौशल किशोर मिश्रा प्रियंका गान्धी सक्रिय राजनीतिमा आउनुले पूर्वी यूपीका ३० सिटमा कुनै विशेष असर पर्दैन । उनले भने 'पूर्वाञ्चलको वाराणसीको सिटमा प्रधानमन्त्री नरेन्द्र मोदी चुनाव लड्छन् । उनको प्रभाव कम गर्नको लागि काँग्रेसले आफ्नो ब्रह्मास्त्र चलाएको हो ।' 

उनने भनेका छन् ुप्रियंका गान्धी पर्दा पछिबाट राजनीतिमा सक्रिय थिईन् तर, उनको कुनै प्रभाव बढ्न सकेको छैन।ु आगामी लोकसभा चुनावमा समेत प्रियंकाको केही खास उद्देश्य हुनसक्छ । यसको सम्भावना धेरै कम छ । प्रोफेसर किशोरले भनेका छन् कि प्रियंका गान्धीको सक्रिय राजनीतिमा आउनुले सबैभन्दा बढी नोक्सानी समाजवादी पार्टी  तथा बहुजन समाज पार्टीको गठबन्धनलाई हुन्छ । 

प्रियंकाको सक्रिय राजनीतिमा आउनुको मनोवैज्ञानिक असर मात्रै केही देखिएको छ । राजनीतिक विश्‍लेषक जेपी शुक्‍ला भन्छन् कि प्रियंका गांधी सक्रिय राजनीतिमा आउनु केवल मनोवैज्ञानिक असर मात्रै पर्दछ । यसको कुनैपनि राजनीतिक फाईदा काँग्रेसलाई हुनेवाला छैन । शुक्‍ला भन्छन्, 'लोकसभा चुनावबाटमात्र मात्र दुई महिना पहिले प्रियंका आउनुले युपीमा कुनै खास असर पर्दैन ।' 

पूर्वी यूपीको यी सिटहरुमा छ कांग्रेसको प्रभाव ? 
प्रियंका गान्धीको सक्रिय राजनीतिमा आउनु तथा उनले पूर्वी उत्‍तर प्रदेश को कमाण्ड सम्हाल्नुलाई काँग्रेसले मास्टर स्ट्रोक मानेको छ । अघिल्लो चुनावको समय पूर्वी यूपीमा कांग्रेस पार्टीले केही स्थानहरुमा राम्रो प्रदर्शन गरेको थियो । गोरखपुरबाट सटी महाराजगन्जका अलावा बहराइच, श्रावस्‍ती, गोण्डा, बाराबन्की, सुलतानपुर, रायबरेली, अमेठी, फैजाबाद समेत केही सिटमा जीत हाँसिल गरेको थियो । फूलपुरबाट पूर्व प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरू सांसद थिए। इलाहाबाद, प्रतापगढ, वाराणसी, मिर्जापुर समेत कैयौं जिल्लामा काँग्रेसको विशेष प्रभाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ