arrow

नेयमारका आगामी खेल शंकामा, रुँदै बाहिरिए मैदानबाट

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
neymar16.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारको आगामी खेल शंकाको घेरामा पुगेको छ । फ्रेन्च क्लब पिएसजीबाट खेल्दै आएका उनी बुधबार राति यसरी लडे जसले गर्दा उनका आगामी महत्वपूर्ण खेलहरुमा सहभागीता अन्योलमा रहेको छ । 

Neymar receives medical attention after seeming to have pain in his right leg on Wednesday

उनी बुधबार राति रुँदैरुँदै बाहिर निस्किए । फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्गविरुद्धको खेलमा मैदानमा रहेका बेलामा उनी बाहिरिनु परेको हो । पिएसजीले खेल २–० ले जित्यो । एडिन्सन काभानी र एन्जल डी मारियाले गोल गरे । 

Edinson Cavani was on target for PSG as they ran out 2-0 winners against Strasbourg

Angel Di Maria sealed victory for PSG in the French Cup tie with an 80th minute strike 

घरेलु मैदानमा भएको खेलमा नेयमारले राम्रो खेल कौशल प्रदर्शन गरे पनि गोल भने हुन सकेन । उनी दोस्रो हाफमा मैदानमा लडे । गोलीगाँठोमा गम्भीर चोट लागेपछि नेयमार ६० औँ मिनेटमा रुँदैरुँदै मैदानबाट बाहिरिए ।

Neymar is tackled by Strasbourg duo Dimitri Lienard (centre) and  Nuno Da Costa (right)

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इंगलिश क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नु तीन हप्ताअघि नेयमार चोटग्रस्त भएका हुन् । 

Neymar injured his metatarsal when he went down in the second half at the Parc des Princes


लिग वान लिडर पिएसजीका लागि नेयमारले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २० गोल गरेका छन् । 

The 26-year-old appeared to leave the field in tears after suffering a heavy injury

नेयमार अहिले अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्ने बारे डाक्टरले गरेका परीक्षणपछि मात्रै थाहा हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ