arrow

'बेटी बचाउ, बेटी पढाउ' कार्यक्रम अन्तर्गत छोरी जन्माउनेलाई एक लाखको बिमा

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १० बिहिबार
BawliBetiBachaoBetiPadhao.jpg

जनकपुरधाम । बेटी बचाउ, बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश नम्बर दुईका सरकारले छोरी जन्माउनेलाई एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु गरिएका छन ।

२० वर्ष उमेर पुगेपछि उनीहरुले सो  रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएका हुन । लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थिए । त्यही संस्कारलाई बदल्न प्रदेश नम्बर दुईका मुख्य मन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि बढाएका छन ।

यो कार्यक्रम सुरु भइसकेको मुख्यमन्त्री प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए। ६ वटा बैंक तथा २ वटा बिमा कम्पनीले प्रस्ताव हालेका थिए। तर, सबैको मूल्यांकन गरी प्रभु बैंक लिमिटेड जनकपुरधाम  शाखालाई छनोट गरिएको मिश्रले बताए। बैंक छनोट भइसकेपछि अब सर्त प्रक्रिया तयार गर्ने काम भइरहेको र चाँडै नै बैंकसँग सम्झौता हुनेछ।

प्रदेश नम्बर दुईमा छोरीको शिक्षामा निकै कमजोर रहेकाले त्यसमा सुधार गर्न यो योजना ल्याइएको हो ।  बिमा योजनाका लागि अभिमुखीकरण कार्यक्रम सुरु भइसकेका हुन् ।

पहिलो चरणमा यो योजना लागू गर्न नमुना स्थानीय तहको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका, बाराको सुवर्णपुर गाउँपालिका, रौतहटको यमुनामाई नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिका छनोट गरिएका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ