arrow

तातो तेलमा परेर शरिर जलेकी सिमरनलाई जापानबाट सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ १० बिहिबार
sahayog6.jpg

गुल्मी । नवलपरासीको एक बालिकाको उपचारको लागि जापानबाट आर्थिक सहयोग जुटाएर  पठाइएको छ । गैडाकोट नगरपालिका भृकुटी चोकमा ठेला गरि जीवन निर्वाह गदै आएका कृष्ण पौडेलकी  २२ महिनाकी छोरी सिमरन पौडेलको उपचारको लागि सहयोग पठाएको हो ।  

शरिरमा तातो तेल परेर शरिर जलेर  भरतपुर चितवन मेडिकल कलेजमा भर्ना भएकी सिमरनको उपचारका लागि जापानमा रहेका नेपालीहरुले आर्थिक सहयोग स्वरुप ५० हजार रुपैया जापानबाट पठाइएको आर्थिक संकलनका अभियान्ता तथा समाजसेवी कृष्ण सापकोटाले जानकारी दिए ।

सापकोटाले आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि परिवारले  आफू सक्दो सहयोग गरिदिन आग्रह गरेपछि आफू बच्चाको  स्वास्थ्य उपचारमा सहयोग पुर्‍याएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ