arrow

भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

logo
प्रकाशित २०७५ माघ १० बिहिबार
mega_hhh.png

काठमाडौं।  मेगा बैंक नेपाल लिमिटेडले रुपन्देहीको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।  एक कार्यक्रमका बीच जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए। 

उक्त कार्यक्रममा बोल्दै मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थीले एक्सटेन्सन काउन्टरको विस्तारपछि अदालतको राजश्व संकलनमा सहज हुने बताए।  यो सँगै मेगा बैंकले आफ्नो एक्सटेन्सन काउन्टरको संख्या १९ पुर्‍याएको छ। 

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर गर्ने मेगा बैंकले जनाएको छ ।  बैंकको उपत्यका सहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ