arrow

कांग्रेस सभापति गिरीले लिए दलित अनाथ बालिकाको अभिभावकत्व

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १० बिहिबार
congress-savapati.jpg

जमकपुरधाम । नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले बिहीबार एक अनाथ बालिकाको भरणपोषणको जिम्मा लिएको छ ।

 अध्यक्ष गिरीले एक कार्यक्रमकका बिच धनौजी गाउंपालिका वडा नम्बर   ४ की अनाथ बालिका मनिषा सदालाई भरणपोषणको जिम्मा लिएका छन ।उक्त  अनाथ बालिकाका लागि धनौजी गाउंपालिकाका अध्यक्ष बद्री सिंहले तत्काल ५ हजार रुपैया पठन पाठनका लागि उपलब्ध गराउने प्रतिवद्धता दिए ।

कार्यक्रममा उनले दलितहरुको हक हित र अधिकारको लागि नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहेको बताएको हो । उनले नेपाली कंग्रेस  शुरुदेखि हालसम्म दलित तथा पिछिडिएका वर्गका अधिकार तथा वृति विकासका लागि संघर्षरत रहेको बताए । स्थानीय विकास प्रतिष्ठानद्वारा धनुषाको धनौजी गाउंपालिकाको दलित बस्तीमा कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले नेपाली कांग्रेस दलितहरुको सुख दुःखमा हरपल साथ रहेका बताए ।

प्रतिष्ठानका अध्यक्ष मिनु झाको अध्यक्षतामा धनौजी गाउंपालिका वडा नम्बर  ४ भररियास्थित दलित बस्तीमा कम्बल बितरण गरिएको थियो । कार्यक्रममा नेपाली कंग्रेस धनुषाका वरिष्ठ नेता गणेश तिवारी , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्र नम्बर  ३ का सभापति कन्हैयालाल कर्ण , वडा नम्बर  ४ का वडाध्यक्ष , विद्याथी नेता सुजित मिश्र , प्रतिष्ठानका सदस्य अश्वनी मिश्रा , ममता झा , पत्रकार शैलेन्द्र झा  लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ३५ दलित घर परिवारलाई कम्बल वितरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ