arrow

चेल्सी काराबाओ कप फुटबलको फाइनलमा, पेनाल्टी सुटआउटमा टोटेनह्याम बाहिरियो 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
chelsea-win1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग क्लब चेल्सी इएफएल कप अर्थात् काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।

Tottenham's Eric Dier hits his penalty over the bar in the shootout after both sides had scored their first two penalties

लिग प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो लेगमा चेल्सीले २–१ को जित निकाले पनि समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । 

Moura reacts after missing a penalty during the shootout after the Carabao Cup semi-final ended all square on aggregate

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पेनाल्टी सुटआउटमा चेल्सीका विलियन, सेजर एज्पीलिक्वेटा, जर्गिन्हो र डेभिड लुइजले गोल गरे । टोटनह्यामका क्रिस्टियन इरिक्सन र इरिक लमेलाले मात्रै गोल गर्न सके । 

Chelsea defender David Luiz scores the winning penalty past Tottenham goalkeeper Paulo Gazzaniga to put side into the final

त्यसअघि घरेलु मैदानमा बिहीबार राति भएको खेलमा एङ्गोलो कान्टेको गोलबाट चेल्सीले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३८औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । 

The players went wild in celebration after sealing the win in a dramatic penalty shootout at Stamford Bridge

५०औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउदै खेललाई समग्रमा २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी भएपनि समग्रमा २(२ को बराबरी हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

Tottenham striker Fernando Llorente (second left) scores their goal past Arrizabalaga to level the tie on aggregate


अब चेल्सीले उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटीले तेस्रो डिभिजनको क्लब बर्टन अल्वियोनलाई समग्रमा १०–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । 

Midfielder N'Golo Kante opened the scoring for the Blues on Thursday night with a strike from the edge of the area 

फाइनल खेल वेम्बली स्टेडियममा २४ फेब्रुअरीमा हुनेछ । 

 

Kante celebrates bringing Chelsea level on aggregate with team-mate Antonio Rudiger at Stamford Bridge on Thursday

Hazard celebrates after putting Maurizio Sarri's side ahead on aggregate in the Carabao Cup semi-final tie against Tottenham

Hazard is joined by his Chelsea team-mates after scoring their second goal of the game in the first half of League Cup match



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ