arrow

नेपाल–यूएईबीच पहिलो एक दिवसीय भिडन्त 

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
Captains_with_trophy.jpg

काठमाडौं । नेपाल र यूएईबीचको पहिलो एक दिवसीय क्रिकेट शुक्रबार बिहान सुरु हुँदैछ । बिहान ११ः१५ बजे खेल आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबईमा सुरु हुनेछ ।

नेपाल तीन वटा एक दिवसीय र तीन वटा टी–२० खेल्न दुबई गएको हो । गत वर्ष मार्चमा विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि नेपालले एक दिवसीय मान्यता पाएको हो ।

यसअघि नेपालले नेदरल्याण्ड्ससंग गत अगस्टमा तीन खेलको श्रृंखला खेलेको थियो जसमा नेपालले एक खेल जितेको थियो । 

यूएईविरुद्ध नेपालको लक्ष्य
नेपालले श्रृंखला जित्ने लक्ष्य लिएको छ । युवा खेलाडीले भरिएको नेपाल उच्च मनोबल र बेग्लै जोश जाँगरका साथ मैदानमा प्रवेश गर्ने छ । युवा खेलाडीलाई पनि प्रमाणित गर्ने राम्रो अवसर र चुनौती दुवै छ ।

यो श्रृंखलापछि आईसीसीको वरियतामा नेपाल समावेश हुने भएकाले पनि खेलमा निकै चुनौती छ । खेलाडी पनि वरियतामा आउने छन् । 

पहिलो खेल सम्भावना 
पहिलो खेलमा पारस खड्काले ओपनिङ गर्ने सम्भावना छ । उनले पहिलो नम्बरमा आउनु र तेस्रो नम्बरमा आउनुमा खासै अन्तर नहुने बताएका छन् । उनले भनेका छन् – एक बलको अन्तर हो । 

यो खेलमा स्पिनरद्वय ललित नारायण राजवंशी र युवा ब्याट्सम्यान भिम सार्कीले डेब्यू गर्ने सम्भावना छ । मिडिल अडर र तल्लो क्रम लगभग तय भई सकेको नेपालको ओपनिङमा ज्ञानेन्द्र मल्ललाई कसले साथ दिने भन्ने अझै निश्चित छैन । 

टप तथा मिडिल अडरमा पारससँगै दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, भिम सार्की र रोहित कुमार पौडेलले सम्हाल्ने छन् । तल्लो क्रममा विनोद भण्डारीसँगै सोमपाल कामी र करण केसीले जिम्मेवारी बहन गर्न सक्ने देखिन्छ ।

वसन्त रेग्मीमा ज्वरो आएकाले उनको ठाउँ ललितले लिने छन् । स्पिनर सन्दीप लामिछानेको खेल प्रतिक्षारत रहेको छ । 

आपसी भिडन्त 
दुवै टिम चिरपरिचित प्रतिस्पर्धी हुन् । एक दिवसीयमा आपसमा एक खेल मात्र भएको छ ।

गत अगस्टमा एसिया कप छनोटमा यूएईले नेपाललाई ७८ रनले पराजित गरेको थियो । लिष्ट ए का पछिल्ला ५ खेलमा यूएई ३ र नेपाल २ खेलमा विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ