arrow

ठगी गर्ने उद्योगलाई कारवाही

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
naptaul.jpg

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरविपरीत सामान बिक्री वितरण गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । 

विभागको टोलीले नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने हिमालयन पेट्रोकेमिकल प्रालिलाई बिहीबार कारवाही गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरिएको जानकारी दिए । 

विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ