arrow

युएई बिरुद्धको पहिलो खेलमा नेपाल पराजित

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
Captains_with_trophy.jpg

काठमाडौं। युऐई बिरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ। बलर मैत्री पिचमा भएको कम स्कोरको खेलमा नेपालले राम्रो प्रतिस्पर्धा गरेको थियो। युएईले ७ विकेट गुमाउँदै ३२.१ ओभरमा १ सय १६ रन बनाउँदै जित हात पारेको हो।

टस हारेर पहिले ब्याटीङ गरेको नेपालले ३३.३ ओबरमा सबै विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सार्वाधिक ३० रन बनाएका थिए भने आरिफ शेखले २५ रनको योगदान दिएका थिए। नेपालले पहिलो विकेट उपकप्तान ज्ञानेन्द्र मल्ललाई शुन्यमा गुमाएको थियो।

त्यसैगरि कप्तान पारस खड्काले २० रन बनाएका थिए भने सन्दिप लामिछानेले १५ रनको योगदान गरेका थिए। बलर मैत्री पिचमा युएईका बलरहरुले कसिलो बलिङ गरेका थिए।

राम्रो उछाल रहेको पिचमा तेज गतिका बलरहरुले राम्रो बलिङ गरेका थिए। युएईका आमिर हयात र मोहम्मद नावेदले ३-३ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ गर्न ओर्लेको युएईलाई नेपाली बलरहरुले दवाबमा राकेका थिए। नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी र सन्दिप लामिछाने २-२ विकेट लिएका थिए। युएईका लागि गुलाम साबेरले ३० रन बनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ