वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन्। विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन्।
स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन्।