arrow

कुलमानजी सम्हाल्नुस तार, कतिले ज्यान गुमाउनु पर्ने वारम्वार

लत्रिएको तारमा छोइदा बसमा सवार ६ जना जन्तीको मृत्यु

logo
निरंजन साह
प्रकाशित २०७५ माघ ११ शुक्रबार

धनुषा। जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ। सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको लत्रिएको तारमा छुँदा जन्ती बोकेको बसमा सवार ६ जन्तीको मृत्यु भएको हो। 

ना ५ख १७५२ नं को बसले लत्रिएको तारलाई बसले छुने वित्तिकै करेन्ट प्रवाह भएको थियो। करेन्ट लागेको ६ जनाको घटनास्थलमै निधन भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। 

जिल्लाकै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको एक हप्ता पनि नवित्दै जनकपुरमै जन्ती बसमै यो घटना दोहोरिएको छ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा पर्दा ६ जनाको निधन भएको हो। 

बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ । 

जमिनमा नाङ्गो तार खसेको गुनासो गर्दा पनि नेपाल विद्युत प्राधिकरणले बनाउन ढीलाई गर्दा पटक पटक यस्ता घटना हुने गरेको स्दाथानियको गुनासो छ।

जन्ती सवार  बसमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका व्यक्तिका आफन्तले भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कटु आलोचना गरेका छन्। उनीहरुले पटक पटक यस्ता दर्घटना हुँदा पनि प्राधिकरण प्रसासन किन मौन बसेको भन्दै प्रश्न गरेका छन्।  

प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधारणले ज्यान गुमाएर तिर्नु पर्ने कस्तो दिन आयो सर्वसाधारणले आक्रोश पोखेका छन्।

कुलमानजी यि मोटरसाइकल चालकको के दोष थियो र ज्यान गुमाउनुपर्‍यो?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ