arrow

खेलकूद सामग्रीबारे रोचक तथ्यहरु 

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
sports-equipment.jpg

काठमाडौं। विश्वमा खेलिने विभिन्न किसिमका खेलकूदमा फरक फरक किसिमको सामग्रीहरु तथा उपकरणहरुको आवश्यकता पर्छ। त्यसैले प्रशस्त माधामा खेलकूदका सामग्रीहरु खरिद हुने गरेका छन्। खेलकूदका सामग्रीबारे धेरैलाई यी तथ्यहरु थाहा नहुन पनि सक्छ- 

१. साइन गार्डको प्रयोग ग्रिक र रोमनबाट शुरु
खेल विभिन्न किसिमको समस्याबाट बच्नका लागि साइन गार्डको प्रयोग गर्ने गर्छन् । यद्यपि यस किसिमको प्रयोगको शुरुवात हजार वर्षभन्दा पहिला शुरु भएको थियो । यस किसिमको प्रयोग ग्रिक तथा रोमन सभ्यताबाटै शुरु भएको थियो । जतिबेला धातुहरु लगाउने गरिन्थ्यो ।  

२. छाला र प्वाँखबाट बनाइएको थियो गल्फ बल
सबै किसिमका खेलकूद सामग्रीमध्ये गल्फ बलमा सबैभन्दा बढी परिवर्तन गरिएको थियो । १९ औं शताब्दीमा यो बललाई प्वाँखबाट बनेको बल भनिथ्यो । यो बल कुखुराको छाला तथा प्वाँखबाट बनाइथ्यो । तर यस किसिमको बल निर्माण गर्न निकै खर्चिलो हुने भएकाले यसलाई परिमार्जित गरी आधुनिक गल्फ बलको शुरुवात गरिएको हो । 

३. अमेरिकाको समग्र जुत्ता व्यापारमा एथ्लेटिक २० प्रतिशत 
अमरिकामा एथ्लेटिकका जुत्ताको व्यापारले समग्र जुत्ता व्यापारको २० प्रतिशतको हिस्सा ओगट्छ । जसमा  नाइक, एडिडास  अन्डर अर्मरजस्ता ब्राण्डहरु महत्वपूर्ण छन् । 

४. पँहेलो टेनिस बलको शुरुवात
सन् १९८६ को विम्वल्डनमा पहिलो पँहेलो टेनिस बलको प्रयोग गरिएको थियो। पँहेलो रङ देख्न सजिलो हुने भएकोले यस किसमको बलको प्रयोग गरिएको हो। त्यसअघि सेतो टेनिस बलको  प्रयोग गरिँदै आएको थियो। 

५. बेसबलको औसत आयु
एउटा नयाँ बेसबलको औसत आयु सात पिचको मात्र हुन्छ । 

६. स्पीडोको एलजीआर रेसरमाथि प्रतिबन्ध 
सन् २००८ को फेब्रुअरीमा पौडीमा सहयोगको लागि सहज हुने एलजीआर रेसरको प्रयोग गरिएको थियो । यो ओलम्पिकमा २३ पौडीका कीर्तिमान तोडिएको थियो र मेडल जितेकामध्ये ९८ प्रतिशतले यो स्पीडोस्युट लगाएका थिए । 

७. विश्वकप बल बनाउन साढे २ वर्ष
एडिडासले सन् २०१४को विश्वकप बल तयार पार्न साढे २ वर्ष लगाएको थियो । यो बलमा विश्वका प्रमुख ६ सय उत्कृष्ट खेलाडी समावेश गरिएको थियो । जसमा ३० टोली र १० मुलुक पनि समामवेश गरिएको थियो । 

८. बास्केटबलको औसत आयु 
बास्केटबलको औसत आयु १० हजार बाउन्स हुने गरेको छ। यसको अर्थ एउा नयाँ बास्केटबललाई करिब ४ देखि ५ वर्षसम्म टिकाउन सकिन्छ।

९. टेनिस ब्याट बनाउन भेडाको आन्द्राको प्रयोग 
पहिलोपटक टेनिस ब्याट निर्माणको लागि भेडा वा बाख्राको आन्द्राको प्रयोग गरिएको थियो। विशेषगरी ब्याटमा प्रयोग गरिएको तार निर्माणको लागि यसको प्रयोग गरिएको थियो। अहिले भने ब्याटको तारको लागि नाइलनको प्रयोग गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ