arrow

जोकोविच-नाडाल बिच प्रतिद्वन्दिताको अर्को चरण

जोकोविचले २७ खेल जितेका छन् भने नाडालले २५

logo
प्रकाशित २०७५ माघ १२ शनिबार
djokovic-nadal-aussie-final-preview.jpg

काठमाडौं। अष्ट्रेलियन ओपनको फाईनलमा स्पेनका रपायल नाडाल र सर्वियाका नाडाल जोकोविच उपाधिका लागि भिड्दैछन्। नाडालका लागि १८औं ग्रान्ड स्लाम बिजय हुनेछ भने जोकोविच आफ्नो १५औं उपाधिका लागि भिड्ने छन्।

३२ बर्षिय नाडालले अहिलेसम्म १० करोड ५ लाख डलरभन्दा बढीको पुरस्कार पाएका छन्। उनले आफ्नो खेल जीवनमा ७९ उपाधि जितेका छन्। साथै उनले १७ ओटा ग्रान्ड स्लाम सिंगलको उपाधि जितिसकेका छन्।

३१ बर्षिय सर्वियाका जोकोविचले अहिलेसम्म ११ करोड १९ लाख डलरको पुरस्कार जितेका छन्। खेल जीवनमा उनको नाममा ७१ उपाधि रहेको छ। उनले १४ ग्राण्ड स्लामको उपाधि जितेका छन्।

लामो समयका प्रतद्वन्दी दुई खेलाडी बिच यो ५३औं भिडन्त हुनेछ ।यसअघि जोकोविचले २७ खेल जितेका छन् भने नाडालले २५ जित हात पारेका छन्।

दुई खेलाडी बिचको प्रतिद्वन्दितालाई ईतिहासकै सबैभन्दा ठूलो भनेर टेनिस पण्डितहरुले मान्न थालेका छन्। जन मकनरो, म्यारी क्यारीले, डिक एनवर्ग जस्ता कमेन्टेटरहरुले उक्त कुरा भनेका छन्।

दुई खेलाडीहरुको खेल्ने तरिका समान रहेका छन् भने उनीहरु बिच धेरै खेलहरु भएका छन् जस्मा कति खेलहरु त ऐतिहासिक भएका छन्। सबैभन्दा प्रमुख खुरा उनीहरु बिच उमेर पनि समान रहेको छ।  

ग्रान्डस्लाम फाईनलमा सबै भन्दा लामो समयको भिडन्त पनि यि दुई खेलाडी बिच रहेको छ। सन् २०१२को अष्ट्रेलियन ओपन फाईनल ५ घण्टा ५३ मिनेट लामो भएको थियो। उक्त फाईनल जोकोविचले जितेका थिए। उक्त खेल जोकोविचले ५-७, ६-४, ६-२, ६-७, ७-५ ले जितेका थिए।

उक्त फाइनलमा स्थिती यस्तो थियो कि दुई खेलाडी पुरस्कारका लागि उभिन सकिरहेका थिएनन्। दुवै एकदमै थाकेका थिए। नाडालले हार पछि यो आफ्नो करियरको सबैभन्दा ठुलो हार भएको र यो क्षण जिवनभर सम्झीरहने बताएका थिए।

यसैगरि क्ले कोर्टमा पनि यी दुई खेलाडीहरु बिच सबैभन्दा ठुलो खेल भएको थियो। सन् २०१३को फ्रेन्च ओपनको सेमीफाईनललाई जोन मकनरो जस्ता पुर्व खेलाडि र अरु टेनिस पण्डितहरुले क्ले कोर्टको सबैभन्दा ठूलो खेलको संज्ञा दिएका छन्। उक्त खेल नाडालले ६-४, ३-६, ६-१, ६-७, ९-७ ले जितेका थिए।

५ सेटमा भएको उक्त निर्णया ४ घण्टा ३७ मिनेट लामो भएको थियो। नाडालले उक्त खेल जितेका थिए र ग्राण्डस्लाम पनि।

दुई केलाडी बिच पहिलो भेट सन् २००६को फ्रेन्च ओपनको क्वार्टरफाईनलमा भएको थियो। उक्त खेल नाडालले जोकोविच घाईते भएर छोडेपछि जितेका थिए।

सन् २००७मा दुई खेलडी सात पटक आमने सामने भए जस्मा नाडालले ५ पटक बिजय हासिल गरेका थिए।

सन् २००६ र २०१०को बिचमा दुई बिचको प्रतिद्वन्दिता नाडाल-फेडररको प्रतिद्वन्दिताले छायाँमा पारेको थियो।

सन् २०११ मार्च देखि अप्रिल २०१३ सम्म यो जोडीले लगातार ११ उपाधिका लागि खेल खेलेको थियो। यो आधुनिक टेनिसमा आफैमा नयाँ ईतिहास बनेको छ। यस्मा लगातार ४ ग्रान्ड स्लाम उपाधि र २७ मास्टर्स सिरिज रहेका छन्।

जोकोविच र नाडालको प्रतिद्वन्दिताको कुरा गर्दा दुवै खेलाडीको बिचमा अर्का महान खेलाडी रोजर फेडररलाई बिर्सिन्न सकिन्न । पण्डितहरुका अनुसार यदी फेडरर नहुँदा हुन् त यि दुईको रेकर्ड कस्तो हुन्थ्यो होला ?

फेडरर आफेले २० ग्राण्ड स्लाम उपाधि आफ्नो नाममा जितेका छन्। उनी आधुनिक टेनिसका महान खेलाडी बनिसकेका छन्। फेडरर अझै खेलिरहेका छन्। उनको सन्यासको कुरो पछिल्लो टेनिस संसारमा चर्चाको कुरो हुने गर्दछ।

सन् २०१९को अष्ट्रेलियन ओपनको फाईनललाई मुखै रसाउने खेलका रुपमा हेरिएको छ। अहिलेका समयका सबैभन्दा जुझारु खेलाडीहरु बिचको फाईनल हेर्न बिश्व आतुर रहेको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ