arrow

पाँच गोल बर्साउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
mancity10.jpg

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणका प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नलीलाई ५–० को विशाल गोल अन्तरले पराजित गर्दै सिटी एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो ।


घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीलाई जिताउने क्रममा मध्यान्तरअघि एक र मध्यान्तरपछि चार गोल भएको थियो । 

२३औं मिनेटमा डानिलोको पासमा गाब्रियल जेससको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । ५२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनायो ।

६१औं मिनेटमा केभिनले रियाद महारजेको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । 


७३औं मिनेटमा केभिन लङले आत्मघाती गोल गरेपछि सिटीले खेलमा ४–० को अग्रता बनायो ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका सर्जियो अग्विरोले पेनाल्टीमार्फ गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए । 

एफए कपका शनिबार रातिका अन्य नतिजाहरु
मिल्वाल ३–२ एभर्टन
एकरिन्टन स्टेन्ली ०–१ डर्वी काउन्टी 
स्वान्सी सिटी ४–१ गिल्लिङघम 
मिडल्सवर्ग १–१ न्यू पोर्ट काउन्टी 
पोर्टस्माउथ १–१ क्वीन्स पार्क रेन्जर्स 
ब्राइटन ०–० वेस्ट ब्रोमविच अल्वियोन
न्यु क्यासल ०–२ वाटफोर्ड 
स्रेसवरी टाउन २–२ वल्भ्स 
डनकास्टर रोभर्स २–१ ओल्डह्याम एथलेटिक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ