arrow

एसियाकी नाओमीलाई पहिलो विश्व वरियता, फेडेररलाई चिन्ता

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
naomi.jpg

काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाका पहिलो पटक एसियाबाट विश्व वरियतामा पहिलो नम्बरमा आउने खेलाडी बन्न सफल भएकी छिन् । लगातार दोस्रो ग्राण्डस्लाम उपाधि जित्दै उनी पहिलो नम्बरमा आएकी हुन् । 

Osaka and Kvitova pose with their trophies after a thrilling final which saw the Japanese win 7-6 5-7 6-4 in over two hours

शनिबार अष्ट्रेलियन ओपन जित्दै नाओमी पहिलो बनेकी हुन् । मेलबर्नमा भएको फाइनलमा नाओमीले चेक गणतन्त्रकी पेट्रा किभितोभालाई हराएकी हुन् ।

Japan's Osaka celebrates after winning the Australian Open final against Czech Republic's Kvitova on Saturday

२१ वर्षकी नाओमीले २८ वर्षकी पेट्रालाई ७–६, ५–७ र ६–४ को सेटमा हराएकी हुन् ।

Osaka takes it in all in after claiming her first Australian Open title and becoming a back-to-back Grand Slam champion

यसअघि सेप्टेम्बरमा नाओमीले अमेरिकी खेलाडी सेरेना विलियम्सलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेकी थिइन् । 

Twenty-one-year-old Osaka broke Kvitova early on in the decider and went on to claim the Grand Slam title on Saturday

नाओमी एक वर्षअघि विश्व वरियताको ७२ औं स्थानमा थिइन् । तर ब्याक टु ब्याक ग्राण्डस्लाम जितेपछि विश्व नम्बर एक बन्न सफल भएकी हुन् । 

Osaka walks from the court as she hides her face underneath her towel after losing second set to Kvitova after chance to win

यता पुरुषतर्फको अष्ट्रेलियन ओपनको फाइनलमा आइतबार राफेल नाडाल र नोभाका जोकोभिच भिड्दै छन् । नाडाल १७ तथा जोकोभिच १४ पटकका ग्राण्डस्लाम विजेता हुन् । 

Roger Feder could be excused for looking on anxiously at Sunday’s Australian Open men’s final

यो प्रतिस्पर्धासंगै कीर्तिमानी स्वीस खेलाडी रोजर फेडेररको कीर्तिमान भंग हुनसक्ने देखिएको छ । 

Victory for Rafael Nadal would put him two behind Federer with the French Open to come

२० पटक ग्राण्डस्लाम जितेका फेडेररको उपाधि कीर्तिमान धेरै टिक्न नसक्ने अनुमान हुन थालेको छ । 

A Novak Djokovic win would put him within five and ahead of Pete Sampras and Roy Emerson



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ