arrow

शिक्षण अस्पतालभित्र तनाव

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
doctors.jpg

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जभित्र तनाव भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो । 

प्रहरीले अस्पताल हाताभित्र प्रदर्शन गर रोक लगाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले प्रहरीसंग भनाभनसमेत भएको बताएका छन् । 

सरकारले डा केसीको स्वास्थ्य गम्भीर बन्दासमेत अनसन तोडाउनेबारे कुनै पहल थालेको छैन । 

त्यसैगरी चिकित्सकको आग्रह विपरीत संसदबाट शुक्रबार चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएपछि चिकित्सकहरु थप कठोर बनेका छन् । 

नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम सकिएको छ । दिउँसो शिक्षण अस्पतालमै भेला भएर चिकित्सकहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले प्रहरी प्रशासन लगाएर संघका पदाधिकारीलाई कार्वाही गर्न निर्देशन नै दिएको छ । चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठलाई पक्राउ गर्न प्रहरी परिचालन, फोनमा दिइयो धम्की



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ