arrow

स्वतन्त्रता सम्मानबारे बाबा रामदेवको प्रश्न

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
ramdev-baba.jpeg

काठमाडौं । भारतले गत शनिबार ७० औं स्वतन्त्रता दिवस मनाएको छ । सो अवसरमा दिइने सम्मानबारे योगगुरु बाबा रामदेवले प्रश्न उठाएका छन् । 

उनले स्वतन्त्रता दिवसको अवसरमा दिइने भारत रत्न अहिलेसम्म कुनै सन्यासीलाई नदिइएकामा चिन्ता व्यक्त गरेका हुन् । 

उनले सरकारलाई अहिलेसम्म कुनै सन्यासीलाई यो सम्मान नदिइएकामा दुःख व्यक्त गर्दै आगामी वर्ष यो सम्मान सन्यासीलाई दिन आग्रह गरेका हुन् । 

रामदेवले ७० वर्षमा एक जना सन्यासीलाई पनि भारत रत्न नदिइएको भन्दै महर्षि दयानन्द सरस्वती, स्वामी विवेकानन्द वा शिवकुमार स्वामी कसैलाई पनि नदिनु दुःखद पक्ष भएको बताए । 

रामदेवले केही दिनअघि बढ्दो जनसंख्याप्रति चिन्ता गर्दै दुई भन्दा बढी बच्चा जन्माउनेलाई मताधिकारबाट बञ्चित गर्नुपर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ