arrow

जनता जगाउँदै तरुण दल, आइतवार सुर्खेतमा जुटे हजारौ तरुण

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
tarun-dal-surkhet.jpg

सुर्खेत। नेपाल तरुण दलले सुर्खेतमा आइतवार विशाल प्रदर्शन गरेको छ। केन्द्रीय समितिको आयोजना र सुर्खेत जिल्लाको संयोजनमा प्रदेश ६ का ९ जिल्लाका तरुण नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी कार्यालय बिरेन्द्रनगरबाट सुरु भई तरुण र्‍याली नारा जुलुस सहित नगर परिक्रमा गरि पिपलबोट चोकमा कोणसभामा परिणत भएको थियो।  

प्रदेश १ को बिराटनगरबाट सुरु गरिएको नेपाल तरुण दलको प्रदेश स्तरीय कार्यक्रमको छैठौं दिन प्रदेश ६ को राजधानी सुर्खेतमा भएको हो।

कार्यक्रममा तरुण दलका कार्यकर्ताले कम्युनिष्ट सरकारका बिरुद्ध चर्का नाराबाजी गरेका थिए। सरकारको चमत्कार महँगी, बलात्कार र भ्रष्टाचार मुल नारा सहित प्रदेशस्तरीय बिरोध कार्यक्रममा तरुण दल लागेको छ। 

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै दलका अध्यक्ष जीतजंग बस्नेतले १७ हजारको नेपालीको दुखद अन्त्यमा जिम्मेवार  प्रचण्डले द्धन्दकालमा हजारौ नेपालीलाई दुख दिएको स्मरण गरे। अहिले पनि आफ्नो बुहारी लगाएर किसुनजीको सपना रहेको मेलम्ची खानेपानीबाट अर्बौंको भ्रष्टाचार गरेर काठमाडौंबासीको खानेपानीको सपनालाई अध्यक्ष बस्नेतले भत्काउन लागिपरेको अध्यक्ष बस्नेतले बताए। 

उपाध्यक्ष उत्तम चापागाईले दुई तीहाईको शक्तिको नशामा नेकपाले नेपाली कांग्रेसको नेतृत्वमा हासिल गरेको राजनीतिक उपलब्धि र नैसर्गिक अधिकार सरकारले खोस्दै गएको उल्लेख गर्दै त्यसको विरुद्ध नेपाली जनता एक हुने समय आएको बताए। 

महासचिव भुपेन्द्रजंग शाहीले देशमा २०औ पटक मुल्य वृद्धि हुँदा किन अखिलका भाइ बहिनीहरु चुप भएकाप्रति प्रश्न गर्दै भने, 'युवा भाइ बहिनीहरु तपाईहरु पनि दुई तीहाईको नशामा नफस्नुस तरुण दलको अभियानमा साथ दिनुहोला।' उनले केपी ओलीले रेलको कुरा छोडेर कर्णालीको झुपडीमा खाने तेल जोड्न लाग्ने सुझाव दिए। पहाडी जिल्लाको दुर्गम क्षेत्रका जनतालाई नुन नभएपनि सरकारलाई सुनको मात्र ध्यान रहेको महासचिव शाहीले बताए। 

दलकै कोषाध्यक्ष विद्धान गुरुङले स्थाइ सरकार, बिकासको सपनाहरू बाडेर ३ तहको सरकारमा जीत हासिल गर्दै गर्दा पनि नेकपाप्रति जनताको मन हारेको उल्लेख गर्दै सुखी नेपाली, समृध नेपाल नारा मै सिमित भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ