arrow

अन्तिम समयमा गोल गर्दै जिताए रोनाल्डोले 

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
ronaldo38.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको दुई मिनेट समय बाँकी रहँदा गरेको पेनाल्टी गोलको मद्धतले इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गर्यो ।

Giorgio Chiellini (right) shows his delight as Ronaldo wheels away in celebration

खेलमा एक गोलले पछाडि परेको युभेन्टसले अन्तिम १६ मिनेटमा दुई गोल गर्दै लिगमा अपराजित यात्रा कायमै राखेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । 

Ronaldo (2nd left) watches on as Cancelo's (centre) strike makes its way into the net

दोस्रो हाफमा लाजियोले अग्रता लियो । ५९ औं मिनेटमा इम्रे च्यानले आत्मघाती गोल गरेपछि घरेलु टोली लाजियोलाई फाइदा भयो ।

Emre Can inadvertently heads the ball into his own net during the second half of the game

७४ औं मिनेटमा जोआओ क्यान्सलोले बराबरी गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए ।

Cancelo celebrates after drawing his side level during the Sere A showdown 

खेलको दुई मिनेट समय बाँकी रहँदा युभेन्टसले पेनाल्टी हान्ने मौका पायो । रोनाल्डोले पेनाल्टीमा कुनै गल्ती नगरी युभेन्टसलाई जिताए । रोनाल्डोको यो सिजनको १७ औं लिग गोल हो । 

Ronaldo scores from the spot to extend Juventus' lead at the top of Serie A to 11 points

जितसँगै शीर्षस्थानमा युभेन्टसले ११ अंकको अग्रता कायम गर्न सफल भएको छ । युभेन्टसले २१ खेलमा ५९ अंक जोड्दा दोस्रो स्थानमा रहेको नेपोलीको ४८ अंक छ ।

Juventus players look dejected as Lazio celebrate taking the lead at the Stadio Olimpico

Ronaldo celebrates with Cancelo after the pair scored the goals that won the game 

आइतबार रातिको नतिजा
चिभो ३–४ फियोरेन्टिना
एटलान्टा ३–३ रोमा
बोलाग्ना ०–४ फ्रोसिनोन
पार्मा २–३ एपिएल
टोरिनो १–० इन्टर
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ