विवाह चलिरहँदा पहिरो, कम्तिमा १५ जनाको मृत्यु, ३४ घाइते

प्रकाशित मिति : २०७५ माघ १४ सोमबार
तस्वीर – एजेन्सी

काठमाडौं । पेरूमा करिब १०० जना पाहुना सहभागी एक वैवाहिक समारोह चलिरहेको होटेललाई पहिरोले बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

स्थानीय अधिकारीहरूका अनुसार घटनामा कम्तीमा ३४ जना सख्त घाइते भएका छन् । “होटेलको पर्खालबाट जोडसाथ विवाहस्थलमा एक्कासी छिरेको पहिरोले अवान्से शहरमा वैवाहिक कार्यक्रममा सहभागी १५ जनाको मृत्यु भएको छ भने ३४ जना सख्त घाइते भएका छन्,” शहरका सरकार प्रमुख इभारिस्तो रामोसलाई उद्धृत गरी स्थानीय आरपीपी रेडियोद्वारा प्रसारण गरिएको समाचारमा बताइएको छ । 

घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ भने पहिरोमा परी हराएका केहीको खोजीकार्य जारी रहेको पेरूको प्रहरीले जनाएको छ । 

नयाँ