arrow

इतिहास बनाउन नेपाली क्रिकेट टिम मैदानमा, युएईमाथि कसिलो बलिङ [लाइभ हेर्नुहोस्]

सफलताले पहिलो पटक श्रृंखलामाथि कब्जा

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
nepal-uae.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीबाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि सोमबार एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । 

गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने अवसर मिलेको हो । संयुक्त अरब इमिरेट्स युएईमा रहेको नेपालले अहिले घरेलु टोलीसँग तेस्रो एक दिवसीय खेल खेलिरहेको छ । 

खेलमा टस हारेर युएईले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले सशक्त सुरुवात गर्ने क्रममा दुई रन दिएर एक विकेट लिइसकेको छ । चौथो ओभरमा नेपालले विकेट लिएको हो । दोस्रो खेलमा पाँच विकेट लिएर कीर्तिमान रचेका सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए । 

घरेलु टोलीसँग तीन खेलको एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएईमा रहेको नेपालले अन्तिम एक दिवसीय खेल खेलिरहेको हो । यसअघि भएको पहिलो खेलमा पराजित तथा दोस्रो खेलमा विजयी भएको नेपालले यो खेल जित्न सके नेपाली क्रिकेट इतिहासमा पहिलो एक दिवसीय शृङ्खला जित्ने इतिहास कायम गर्नेछ । 

नेपालले खेलेको पहिलो एक दिवसीय शृङ्खला भने बराबरी भएको थियो । नेपालले गएको असारमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । जुन शृङ्खला १–१ को बराबरीमा सकिएको थियो । 

नेपालले शृङ्खला जित्ने जित्ने आधार 

युएईको बलियो पक्ष रहँदै आएको ब्याटिङ यो शृङ्खलामा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ । पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोस्रो खेलमा युएई ९७ रनमै समेटिएको थियो । 

युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएईको ब्याट कमजोर बनेको छ । मुस्तफा र शाहजादसहित एहमद राजा युएई क्रिकेट बोर्डले आठ हप्ताको लागि निलम्बन गरेको छ । 

यसैगरी विश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ पक्ष मजबुत रहेको छ भने सोमपाल कामीको लय पनि उत्कृष्ट रहेको छ । सन्दिप र सोमपालले दुई खेलमा समान छ–छ विकेट लिइसकेका छन् । 

यसैगरी पहिलो खेलको तुलनामा नेपालले ब्याटिङमा निकै सुधार गरेको छ । पहिलो खेलमा ११३ रनमा ‘अल आउट’ भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै २४२ रन बनाएको । 

नेपालका प्रशिक्षक जगत टमाटाले दोस्रो खेलको जस्तै नेपालले उत्कृष्ट ब्याटिङ गरे आजको खेल जित्ने जिकिर गरे । उनले भने, “बलिङमा हामीलाई समस्या छैन, ब्याटिङ लाइन राम्रो हुनसके हामी शृङ्खला जित्छौँ ।” 


नेपाललाई पहिलो एक दिवसीय शृङ्खला जित्न सोमबारको खेलमा शनिबारको खेल प्रदर्शनलाई कायम राख्न सक्नुपर्ने कप्तान पारस खड्काको भनाइ छ । दोस्रो खेलमा युवा स्टार रोहितकुमार पौडेलले कीर्तिमानी अर्धशतक बनाएका थिए । 

यो कीर्तिमान सचिन तेन्दुलकर र साहिद अफ्रिदीलाई माथ खुवाएर बनाएको कीर्तिमान हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ