arrow

एक दिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
nepal7.jpg

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा  ऐतिहासिक जित  हासिल गरेको छ । युएईविरुद्ध तेस्रो खेलमा नेपालले २५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ ।

युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरे । कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए ।

पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा नामिबियाबिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएईविरुद्ध नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा शतक बनाएका थिए ।

नेपालको जितमा उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । अन्तिममा सोमपालसँग साझेदारी गरेका आरिफ शेखले अविजित रहँदै २१ रनको योगदान दिए । पहिलो पटक एक दिवसीयमा प्रवेश गरेका सन्दिप जोराले १९ रन बनाए भने रोहित पौडेलले १६ रन जोडे । ओपनिङमा मैदान आएका विनोद भण्डारी ९ रनमा पेभिलियन फर्किए भने दिपेन्द्र सिंह ऐरि पनि ६ रनमा आउट भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ