arrow

तेक्वान्दोमा नेपाल १७ स्वर्णसहित दोस्रो

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
tekwando.jpeg

काठमाडौ । भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।

यही माघ ३ गतेदेखि आजसम्म भएको च्याम्पियनशिपमा नेपालले १७ स्वर्ण, ११ रजत र सात कास्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए । उक्त च्याम्पियनशिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते ।

समीर डल्लाकोटीले फाइटतर्फत जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए । उनले पुम्सेतर्फ फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए । त्यसैगरी, समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए ।

फाइटङतर्फ जिप्सन नेपाल, राजेशकुमार तमाङ र इमरान नजिर सेखले स्वर्ण जिते । सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कास्य जित्न सफल भए । पुम्सेमा युनिशा दराइले रजत, फाइटङमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र पृति गुरुङले कास्य पदक प्राप्त गरे । यस्तै मेलिना गुरुङ, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्फ कास्य पदक जित्न सफल भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ