arrow

अमेरिकाले हाल्यो हुवावे कम्पनी र त्यसका व्यवस्थापकविरुद्ध मुद्दा 

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
usa1.jpg

काठमाडौं । अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवावे र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि मुद्दा हालेको छ । अमेरिकाले फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको हो ।

अमेरिकाको न्यायिक विभागले बैंक ठगी गरेको, न्यायमा अवरोध गरेको र अमेरिकी मोबाइल कम्पनीबाट प्रविधि चोरी गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

हुवावे कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्गलाई गत डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ गरिएको थियो ।

अमेरिका–चीन सम्बन्ध थप चिसियो 
यो घटनाले अमेरिका चीन सम्बन्ध थप चिसिएको छ । क्यानडाले चीनका लागि आफ्ना राजदूतलाई बर्खास्त गरेको भोलिपल्टै अमेरिकाले हुवावे र मेङ्गमाथि मुद्धा हालेको हो । 

अमेरिकाले आरोप लगाए पनि हुवावे र मेङ्गले अस्वीकार गर्दै आएका छन् । त्यसका बाबजूुद अमेरिकाले २३ वटा आरोप लगाएको छ । 

चिनियाँहरु भने हुवावेलाई नै ध्वस्त पारेर अमेरिकाले मोबाइल कम्पनीमा एक छत्र राज गर्न खोजेको आरोप लगाइरहेका छन् । 

हुवावे सामसुङपछि सर्वाधिक विक्री गर्ने कम्पनीमा पर्छ । हालै एप्पलमार्फत दोस्रो विश्वको ठूलो कम्पनी बनेको हुवावेलाई तहसनहस पार्न अमेरिका लागिपरेको आर्थिक विश्लेषण पनि गरिन्छ । 

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारलाई लिएर तनाव भइरहेको छ । 

Huawei executive Meng Wanzhou attends the VTB Capital Investment Forum "Russia Calling!" in Moscow in 2014

पक्राउ परेकी सीइओ मेङ्ग हुवावेका संस्थापककी छोरी हुन् । उनलाई गत डिसेम्बर १ तारिखमा क्यानडाबाट पक्राउ गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ