arrow

नेपाली क्रिकेट पहिलो पटक आईसीसीको एक दिवसीय वरियतामा 

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
nepali-cricket.jpg

काठमाडौं । नेपाली क्रिकेट पहिलो पटक अन्तर्राष्टिय क्रिकेट काउन्सिल आईसीसीको एक दिवसीय वरियतामा पर्न सफल भएको छ ।

सोमबार यूएईलाई ४ विकेटले हराउँदै श्रृंखला २–१ ले जितेपछि नेपाल वरियतामा परेको हो । नेपाल एक दिवसीय वरियतामा १५ औं स्थानमा छ ।

नेपाल १ सय ५२ अंकसहित १५ औं स्थानमा रहेको हो । नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एक दिवसीय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि एक दिवसीय मान्यता पाएको थियो । 

गत अगस्टमा पहिलो एक दिवसीय श्रृंखलामा नेपालले नेदरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो । 

आइसीसी वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ भने भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इन्डिज नवौं, अफगानिस्तान दशौं, जिम्बाबे एघारौं, आयरल्याण्ड बाह्रौं, स्कटल्याण्ड तेह्रौं र युएई चौधौं वरियतामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ