arrow

एसियन कप फुटबलः जापान फाइनलमा, उपाधि भिडन्त कतार र युएईबीचको विजेतासंग

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
japan-semifinal.jpg

काठमाडौं । जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । संयुक्त अरब इमिरेट्स युएईंस्थित हाज्जा विन जायद स्टेडियममा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा जापानले र्ईरानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  

जापानलाई जिताउन युया ओसाकोले २ तथा जिन्की हारागुचीले १ गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो ।


५६औं मिनेटमा युया ओसाकोको गोलबाट जापानले खेलमा अग्रता बनाएको थियो । युयाले ताकुमी मिनामिनोको पासमा गोल गरेका थिए । 

६७औं मिनेटमा युयाले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई २–० को अग्रता दिलाए । इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा ताकुमी मिनामिनोको पासमा जिन्कीले गोल गर्दै ३–० को जित दिलाए । 

अब जापानले उपाधिका लागि कतार र आयोजक युएईंबीचको विजेतासँग १ फ्रेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । कतार र युएईं बीचको खेल मंगलबार बेलुकी ७ः४५ बजे हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ