arrow

पाकिस्तानमा पहिलो पटक हिन्दू महिला बनिन् न्यायाधीश 

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
Hindu_justice.JPG

काठमाडौं । सुमन कुमारी पाकिस्तानमा दिवानी न्यायाधीश नियुक्त हुने पहिलो हिंदू महिला बनेकी छिन् । पाकिस्तानी मिडियाहरुका अनुसार कम्बर-शाहदकोट निवासी सुमन आफ्नो पैतृक जिल्लामा नै न्यायाधीशको सेवामा नियुक्त भएकी हुन् । पाकिस्तानको डन समाचारपत्रका अनुसार  उनले हैदराबादबाट एलएलबी तथा कराचीको सैयद जुल्फिकार अली भुट्टो विज्ञान एवं प्रौद्योगिकी संस्थानबाट कानूनमा स्नातकोत्तरको पढाइ गरेकी छिन् ।   

सुमनका पिता पवन कुमार बोदानका अनुसार सुमन कम्बर-शाहददकोट जिल्लाका गरीबहरुलाई निशुल्क कानूनी सहायता दिन चाहन्छिन् । उनले भने कि, 'सुमनले एक चुनौतीपूर्ण पेशा चुनेकी छिन् । तर, मलाई यो विश्वास छ कि उनले कडा परिश्रम र इमान्दारिताका कारण उचाईमा पुगन सक्नेछिन् । सुमनका पिता नेत्र रोग विशेषज्ञ हुन् । उनका जेठा दाजु सफ्टवेयर इन्जिनियर हुन् । उनकी बहिनी चार्टर्ड अकाउन्टेन्ट हुन्। 

सुमन गायक लता मंगेशकर तथा आतिफ असलमकी प्रशंसक हुन्। पाकिस्तानमा कुनै पनि हिन्दू व्यक्तिलाई न्यायाधीश नियुक्त गरिनु यो पहिलो मामला भने होइन । पहिले हिन्दू न्यायाधीश जस्टिस राणा भगवानदास थिए । जो २००५ देखि २००७ को बीचमा संक्षिप्त अवधिका लागि कार्यवाहक मुख्य न्यायाधीश नियुक्त भएका थिए । पाकिस्तानको कूल जनसंख्याको २ प्रतिशत हिन्दू रहेका छन् । यो इस्लाम धर्म पछि पाकिस्तानको दोस्रो ठूलो जनसंख्या भएको धर्म हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ