arrow

कतार पहिलोपटक एसियन कप फुटबलको फाइनलमा

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
qatar1.jpg

काठमाडौं । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार पहिलो पटक एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा मंगलबार राति कतारले आयोजक संयुक्त अरब इमिरेट्स युएईलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको हो। मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई फाइनलमा पुर्याउन बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले गोल गरे। 

कतारले खेलको २२औं मिनेटमा बोउलिम खोउकीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले अक्रम अफिफको पासमा गोल गरेका थिए।३७औं मिनेटमा अक्रम अफिफकै पासमा अल्मोइज अलीले गोल गरेपछि कतारले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। ८१औं मिनेटमा हसन अल आइडोजले अक्रम अफिफकै पासमा गोल गरेपछि कतारले खेलमा ३–० को अग्रता बनाएको थियो। इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा हामिद इस्मेलले गोल गर्दै कतारलाई ४–० को फराकिलो जित दिलाए । खेलको अन्त्यतिर घरेलु टोली युएई १० खेलाडीमा समेटिएको थियो।

९० औं मिनेटमा कतारका सलिम अल हाजरीलाई युएईका इस्मेल अहमेदले फल गरेको रेफ्रीले भिएआरको सहायता लिदै सीधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको कतारले पछिल्लो केही वर्षयता राम्रो फुटबल खेलिरहेको छ।अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानसंग शुक्रबार फाइनलमा खेल्नेछ। जापानले इरानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ