- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगल्याण्डकी प्रधानमन्त्री टेरिजा मेलाई ब्रेक्जिट सम्झौतामाथि युरोपेली संघसँग फेरि वार्ता गर्न संसदले अनुमति दिएको छ । संसदमा मंगलबार राति भएको मतदानमा प्रधानमन्त्री मे को समर्थनमा मत परेको हो ।
मेको समर्थनमा १६ मत बढी परेपछि उनलाई वार्ताको अनुमति प्राप्त भएको हो । मेले आफ्नो अघिल्लो प्रस्तावलाई संशोधन गरेर सदनमा पेश गरेकी भएकाले सांसदहरुले समर्थन दिएका छन् ।
प्रधानमन्त्रीलाई संसदले मौका दिएपछि युरोपेली संघले भने सम्झौतामा भएका कानुनी भाषा बदल्न नसकिने जनाएको छ । मेले युरोपेली संघसँग वार्तापछि संशोधित सम्झौतालाई चाँडोभन्दा चाँडो संसदको तल्लो सदनमा पेश गर्ने बताएकी छिन् ।
युरोपेली संघबाट अलग हुने समय नजिकिँदै आएपछि यसका बारेमा स्पष्ट बाटो भने अझै फेला परेको छैन । यसअघि प्रधानमन्त्री मेले ल्याएको प्रस्ताव संसदले अस्वीकृत गरेको थियो ।
युरोपेली संघबाट इंगल्याण्ड आगामी मार्च २९ बाट औपचारिक रुपमा अलग हुँदैछ ।