arrow

भारतमा फेरि मोदी सत्ता चाहन्छ चीन, मोदी जिताउन यस्तो छ चिनियाँ प्लान

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
modi-xi-meet-2018.jpg

काठमाडौं। भारतमा आम चुनावको समय नजिकिँदै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत ठूलो दबाबमा देखिएका छन् । चर्चा र परिचर्चाकाबीच आम चुनावमा कुन दलले चुनाव जित्ला ? यो कुरा धेरैको चासोको विषय बनेको छ । देशमा रोजगारीको समस्याका कारण मोदी सरकारप्रति जनताको दृष्टिकोण बदलिन थालेको छ । देशमा २०१५को आम चुनावपछि अनुकूल रोजगारी पैदा नभएका कारण विपक्षी मोदी सरकारमाथि हमला सुरु भईरहेको छ । 

कुनैसमय दुस्मनको रुपमा रहेको चीन भने भारतमा अझै पनि मोदी सत्ता नै चाहन्छ । चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिएको विषयलाई आधार मान्ने हो भने चीन आगामी आम चुनावमा मोदीको पक्षमा जनमत ल्याउनको लागि पर्याप्त प्रयास गरिरहेको कुरा खुलेको छ । ग्लोबल टाईम्स चीनको सरकारी सञ्चार माध्यम हो र विदेशी नीति बाहिर सार्वजनिक गर्दा यही सञ्चार माध्यमबाट नै नीति सार्र्वजनिक गर्ने गरेको छ । 

अर्कोतर्फ दोस्रो तर्फ चीनमा रोजगारीको कुनै कमजोरी छैन । जसको कारण यो हो कि चीनमा पूर्वाधार र विकास निर्माणको क्षेत्रमा ठूला ठूला कामहरु भईरहेका छन् । यसैबीच चीनको सरकारी मिडिया ग्लोबल टाईम्सले भनेको छ रोजगारी पैदा गर्नको लागि चीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोग गर्न सक्छन् । ग्लोबल टाइम्स भन्छ कि रोजगारीको कमि भएको कारण जनतामा मोदी सरकार प्रति रोष प्रकट भईरहेको छ । यो पनि चीनको लागि राम्रो समाचार भने होईन । किनकी चीन चाहन्छ मोदी फेरि पनि सत्तामा आउन् । 

सम्बन्ध हुँदैछ प्रगाढ 
ग्लोबलले भनेको छ, 'डोकलाममा भएको गतिरोधको एकवर्षदेखि दुबै देशको दुई पक्षीय सम्बन्धमा धेरै सुधार भईरहेको छ । भारतको केन्द्र सरकार कमजोर तथा जनसंख्या व्यापक रहेको छ । हामीलाई यो जानकारी छ कि मोदी प्रति जनताको दृष्टिकोण बदलिने छ । जसका कारण मोदी आर्थिक सुधार तथा चीन-भारतको आर्थिक सम्बन्धलाई अघि बढाउनको लागि पर्याप्त समर्थन पाउन सकुन् ।' 

दबाबमा भारत 
सोही समाचारपत्रका अनुसार, 'यस्तो लाग्दैछ कि भारत सरकार अहिले ठूलो दबाबमा छ । यदी नयाँ दिल्लीमा चिनियाँ लगानीमाथि कडाई गर्ने हो भने युवा रोजगारीमा कटौती हुन्छ । चीनको भारतमा लगानी मुख्यतः श्रम क्षेत्रहरु जस्तो कि स्मार्टफोन संयन्त्रहरुको निर्माणमा केन्द्रीत रहेको छ । चीन आउटब्राण्ड लगानीलाई भारतमा स्थापित गर्नको लागि ठूलो सहयोगी देश हो । किनकी यसको श्रम लागतबाट हुनेवाला लाभ सीमित हुन्छ । यदि भारत आफैंलाई चिनियाँ लगानी एक आकर्षक गन्तव्य बनाउन सक्छ । यसबाट दक्षिण एशियाली देशहरुमा रोजगारी सिर्जना गराउन समर्थन मिल्नेछ।' 

चिनियाँ सञ्जीवनीको जरूरत 
रिपोर्टमा भनिएको छ कि आम चुनावभन्दा पहिले मोदी सरकारलाई रोजगारीको मोर्चामा एउटा राम्रो खबरको जरुरत छ । यति मात्रै नभएर धेरै भन्दा धेरै चिनियाँ लगानीलाई आकर्षित गराउनको लागि यसबाट मद्दत मिल्न सक्छ । ग्लोबल टाइम्सका अनुसार, 'चिनियाँ कम्पनीहरुलाई भारतको श्रम उद्योगहरुमा लगानीको लागि उत्साहित गराउँदै आगामी चुनावमा मोदीले आफ्नो पक्षमा जनतालाई आकर्षित गर्नसक्छन् ।' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ