भृकुटीमण्डपमा प्रविधिको मेलासँगै शिखरको एकल सेलमेला जारी
शिखरको सेलमेला माघ २१ सम्म रहने
प्रकाशित २०७५ माघ १६ बुधबार
429
Shares
काठमाडौं। ग्राहकलाई सस्तोमा राम्रो जुत्ताचप्पल उपलब्ध गराउँदै आएको शिखर सुजले राजधानीको भृकुटीमण्डपमा सुरु गरेको एकल सेल मेला ग्राहकको अपार माग पछि एक सातासम्मको लागि थपिएको छ । संयोगले भृकुटीमण्डपमा नै क्यान इन्फोटेक मेला चलिरहेको बेला शिखर सुजको एकल मेला पनि एक साता लम्बिएको हो । यसले क्यानमा आउने अवलोकनकर्ताहरुलाई समेत एकै स्थानबाट सूचना प्रविधिका सामान र खुट्टामा लगाउने जुत्ता किन्न सकिने अवस्था जुरेको छ । मेलामा ग्राहकको चाप बढेर समय लम्ब्याउन माग भएपछि एक साताको लागि मेलाको समय थप गरिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।
मेलाको अवधि सकिनै लाग्दा उपभोक्ताको भीड बढेको र धेरैले क्यान इन्फोटेक मेलाको समयावधिभर जुत्ता मेला चलाउन आग्रह गरेकोले ७ दिनको म्याद थपेर माघ २१ गतेसम्म मेला सञ्चालन गर्न लागिएको प्रसाईंले जानकारी दिए । राम्रा जुत्ता अझ सस्तोमा मेलाको अन्तिमतिर पाउने भएपछि उपभोक्ताको चाप बढेको उनले बताए । प्रसाईंका अनुसार ग्राहकले १७५ रुपैयाँमा समेत जुत्ता पाउने भएपछि मेलामा ग्राहकको निकै चाप बढेको छ। ‘हामीले मेला यही सोमबारसम्म गर्ने तय गरेका थियौं,’ शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, ‘ग्राहकको अत्यधिक भीड र क्यान मेलाको अन्त्यसम्म सञ्चालन गर्न धेरैले माग गरेकाले ७ दिन थप गर्ने निर्णय गरेका छौं ।’
मेलामा शिखरले २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस् सुज, २५०० रुपैयाँमा दुई जोडी बुट, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा चाप बढेको छ ।
मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन् । तिनै मध्येका एक रुपन सिंहले दुई जना साथिसँग राम्रो रेष्टुरेण्टमा खाजा खाँदा खर्च हुने रकममा जुत्ता पाइने भएपछि आफूले झोलाभरि जुत्ता खरिद गरेको अनुभव सुनाए। सप्तरीका सिंहले शिखर शुज आफ्नो रोजाइमा पर्ने भएकैले पनि मेला कुरेर बस्ने बताए।
अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन् । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन् । ‘यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन् । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन् ।
नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस् सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन् । शिखरले मेलामा यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल राखेको छ।