arrow

कौटिन्हो चम्केको खेलमा सेभियामाथि बार्सिलोनाको आधा दर्जन गोल

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
barca3.jpg

काठमाडौं । बार्सिलोना स्पेनिश कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा पुग्न सफल भएको हो ।

The Sevilla keeper guessed right and was so close to it, but the placement was excellent and Barca lead

बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । 

Coutinho has been rumoured to be unhappy at Barcelona after struggling for form since his big-money move from Liverpool

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको आधा दर्जन गोलमा फिलिपे कौटिन्होले चमत्कार गरे । उनले २ गोल गरे । 

The advancing Sergi Roberto finished with a clinical right-footed shot low past Soriano into the corner of the net

इभाँ राकिटिक, सर्जि रोबर्टो, लुइस स्वारेज र कप्तान लियोनेल मेस्सीले समान १ गोल गरे ।

Luis Suarez crosses into the box from the right and a Coutinho diving header beats Soriano to make it 3-0 at the Nou Camp
१३औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । २७औं मिनेटमा इभर बनेगाले पेनाल्टीमा गोल गर्न नसकेपछि सेभियाले बराबरी गर्ने मौका गुमायो । 

After a long delay, Ever Banega took the penalty and Jasper Cillessen saved low to his right to keep his side in the match

Arthur played a lovely through ball for Ivan Rakitic who got the slightest of touches and diverted the ball past Juan Soriano

३१औं मिनेटमा इभाँ राकिटिकले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।


५३औं मिनेटमा फिलिपे कौटिन्होले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि सर्जि रोबर्टोले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित तर्फ अघि बढाए । 

Rakitic did not celebrate his goal out of respect as he used to play for Sevilla before signing for Barcelona in 2014

६७औं मिनेटमा सेभियाका गुइलहेमी एरानाले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । 


८९औं मिनेटमा लुइस स्वारेजले र इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ को फराकिलो जित दिलाए ।

रियाल बेटिस पनि सेमिफाइनलमा पुगेको छ । बेटिसले स्पानियोललाई हराएर सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरी खेलेको बेटिसले दोस्रो लेगमा ३–१ को जित बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ