arrow

ट्रम्पको देशमा चिसो, कम्तीमा सातको मृत्यु, आगो लगाई हिउँ पगालेर रेल चलाइयो 

विभिन्न भेगमा आपतकालीन घोषणा

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
fire-train-track.jpg

काठमाडौं । अमेरिकामा एकाएक बढेको चिसोले करोडौं मानिस प्रभावित भएका छन् ।  ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको छ । 

Aerial footage shows train tracks set on fire to prevent freezing in Chicago.

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि चिसो रहेको बताइएको छ । 

त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ । यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ । 

चिसोका कारण अमेरिकाको मध्यपश्चिमी भेगमा धेरै प्रभाव परेको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ । 

A view of Lake Michigan on January 30, 2019 in Kenosha, Wisconsin

उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । 

Chicago skyline frozen

अमेरिकी मौसम पूर्वानुमान केन्द्रका अनुसार केही ठाउँमा बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ । विस्कोन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ । 

मौसमको खरावी अमेरिकाबाट क्यानडा हुँदै रुससम्म पुग्ने बताइएको छ । 

A man walks on North Avenue Beach as the sun rises over Lake Michigan in Chicago, Illinois

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ