बिहीबारको राष्ट्रियसभा बैठकमा पनि काँग्रेसको अवरोध
प्रकाशित २०७५ माघ १७ बिहिबार
324
Shares
काठमाडौं। राष्ट्रिय सभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध जनाएको छ। ३ दिन अघि काँग्रेसको अवरोधको कारण नै बस्न नसकी स्थगित गरिएको बैठक बिहीबार पनि अवरोध जारी भएपछि कार्यसूचीमा प्रवेश गर्न सकेन।
सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए। पछि काँग्रेस मन्त्रीहरुले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्। केही सातादेखि नै अवरोध र विरोध जनाउँदै आएको काँग्रेसले अघिल्लो सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो।
काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए।
चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा. गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ।